धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले तिरायो २५ हजार जरिवाना

नवलपुर टुडे
२०७९ असार २७ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं, असार २७ । काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिवाना तिराएको छ । प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको मेयर बालेन शाहले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
उनले लेखेका छन् “हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ । कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ । ”
























