मुख्य समाचार

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ असार २७ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं, असार २७ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो चिनियाँ नेता लिउ प्रचण्डलाई भेट्न ललितपुरको खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । साथै भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरूङ, वर्षमान पुन र पम्फा भुसाल पनि सहभागी थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आइतबार बिहान काठमाडौं आइपुगेका थिए । उनी चारदिने भ्रमणका लागि नेपाल आएका हुन् । उनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् ।

कमेन्टहरु