भक्तपुर–नगरकोट सडक खण्डको बाटो नबनेसम्म सडकबाटै कार्यालय चलाउने वडाध्यक्षको घोषणा

नवलपुर टुडे
२०७९ असार २७ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं, असार २७ । भक्तपुरको चाँगुनारायण नगरपलिका–६ का वडाध्यक्षले सडकबाटै आफ्नो कार्यालय चलाउने भएका छन् । भक्तपुर–नगरकोट सडक खण्डको बाटो नबन्दासम्म सडकबाटै कार्यालय चलाउने भन्दै उनले बीच सडकमा कुसी–टेबुल राखेका हुन् ।
भक्तपुर–नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबनेपछि वडाध्यक्ष धनबहादुर लामाले सडकमै धर्ना दिएका हुन् । नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरवाहीले २ वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा पनि बन्न नसकेपछि बाध्य भएर विरोध स्वरुप सडकमै कार्यालय चलाएको लामाले बताए ।
वडाध्यक्ष लामा भक्तपुर–नगरकोट सडक खण्डको लामा चौरमा आफ्नो कुर्सी टेबुल लिएर बसेका छन् । सडक खण्ड बन्ने निश्चित नभएसम्म सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने लामाले बताए ।























