नेविसंघकाले लगाए त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयमा ताला

नवलपुर टुडे


काठमाडौ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयमा तालाबन्दी गरेको छ ।
सोमबार विहान उपत्यकाका विभिन्न क्याम्पसका नेताहरुले व्यवस्थापन संकाय डिन डिल्लीराज शर्माको राजीनामा माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।
असार २२ गते मात्रै बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ स् अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि नेविसंघले डीनको राजीनामा मागेको छ ।
यो पनि…
त्रिविको प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न नेविसंघको माग
यसअघि नेविसंघका अध्यक्ष दुजाङ शर्माले एक विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका थिए । त्रिविले आइतबार मात्र हुबहु प्रश्नपत्र प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाएको छ । तर नेविसंघले डिन डिल्लीराज शर्माले राजीनामा दिनुपर्ने सर्त राखेर आन्दोलन थालेको हो ।
उपत्यकामा विभिन्न क्याम्पसका नेताहरु मदनराज उपाध्याय, विवेक लामा घिसिङ, केशरजंग बम, विष्णु बडेला, अशोकसिंह विष्ट, दीर्घराज भट्ट, हरिश देउवा, लक्ष्मण भाट, सुस्मा पाण्डे, श्याम ओझा, किशोर जोशी, निराजन सुवेदी लगायतले आइतबार विहान शर्माको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । शर्माले राजीनामा नदिएसम्म डीनको कार्यालयमा लगाइएकाे ताला नखुल्ने नेविसंघका नेता उपाध्यायले बताए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















