मुख्य समाचार

प्रधानमन्त्री देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ असार २६ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं, असार २६ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री देउवालाई भेट्न जियानचाओ आफ्नो टोलीसहित बालुवाटार पुगेका हुन् ।

भेटवार्ताका क्रममा दुई पार्टी र दुई मुलुकबीचको सम्बन्धबारे छलफल भएको थियो । जियानचाओले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने छन् ।

सोमबार उनले माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । केही समयअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओ चार दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन् ।

उनी बिहान १० बजेतिर आठ सदस्यीय टोलीको नेतृत्व गर्दै चार्टर्ड जहाजमा काठमाडौं आएका हुन् । उनी बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

कमेन्टहरु