नवलपरासीका दुग्ध उत्पादक किसानलाई अनुदान

नवलपुर टुडे


नवलपरासी, असार २६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो ।
कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु १.२५ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा नगरभित्रका चार सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।
यहाँका चार सहकारीमा सङ्कलन भएको कूल २२ लाख १५ हजार ५३५ लिटर दूध बराबर अनुदान उपलब्ध गराइएको हो । जनकल्याण दुग्ध विकास सहकारी संस्थामार्फत चार लाख आठ हजार ८५५ लिटर, साना किसान कृषि सहकारी संस्थामार्फत नौ लाख नौ हजार ९७७ लिटर, शिवमन्दिर महिला बहुउद्देश्य सहकारीमार्फत एक लाख ५१ हजार ६५४ लिटर र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत सात लाख ४५ हजार ४८ लिटर दूध सङ्कलन भएको थियो । सोही आधारमा प्रत्येक सहकारीलाई प्रतिलिटर रु १।२५ पैसाका दरले अनुदान उपलब्ध गराइएको हो । दूध बिक्री गर्ने किसानलाई बिक्री गरेको दूधको परिणामअनुसार सहकारीमार्फत नगरपालिकाले उपलब्ध गराएको अनुदान प्रदान गर्ने गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षदेखि दूधमा दिने अनुदान थप गरेको छ । हाल प्रदान गरिएको अनुदानमा प्रतिलिटर रु २५ पैसा थप गरी रु १।५० पैसा पु¥याउन लागिएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । नगरपालिकाको ११औँ नगरसभामा पारित गरिएको नीति तथा कार्यक्रममा अनुदान वृद्धि गर्ने उल्लेख छ । सोही आधारमा बजेटसमेत विनियोजन गरिएको भुसालले बताउनुभयो ।
उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख पौडेलले बताउनुभयो । दुग्ध उत्पादक किसानलाई थोरै भए पनि राहत होस् भनेर अनुदान प्रदान गरिएको उहाँले बताउनुभयो । “किसानलाई केही राहत होस् भनेर नगरले अनुदान दिँदै आएको छ, अनुदानलाई अझ प्रभावकारी बनाउँदै, उत्पादनमा जोड दिने गरी प्रदान गरिएको छ”, उहाँले भन्नुभयो । रासस

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















