म आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउँछु : मेयर शाह


काठमाडौँ, २५ असार । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले स्वर्गीय र्यापर यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् । मेयर शाहले शनिबार सामाजिकमार्फत् फेसबुकमार्फत यसबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका हुन् ।
उनले लेखेका छन्,‘म मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछु । तपाईहरुको दिन शुभ रहोस् ।’ यसअघि मेयर शाहले यसबुद्धको शालिक निर्माणका लागि १५ लाख रुपैंया बजेट विनियोजन गरेका थिए । सालिक बनाउनकै लागि बजेट विनियोजन गरेको भन्दै मेयर शाहको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरको बजेटमार्फत् सालिक बनाउने निर्णयबाट उनी पछि हटेका हुन् ।
यमबुद्ध चर्चित नेपाली र्यापर हुन् । साथी नामक गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनी नेपाली हिपहप जगतमा एक चर्चित नाम हो । विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित थिए । उनले १४ जनवरी २०१७ मा आत्महत्या गरेका थिए ।























