राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद, जनही दुई लाख जरिवाना

नवलपुर टुडे


सुर्खेत । कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका युवतीलाई यौन दुर्व्यवहारर गर्नेलाई कैद र जरिवाना तोकिएको छ।
लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई यौन दुर्व्यवहारर गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको हो । अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीलाई यौन दुर्व्यवहारर गर्ने चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सात÷सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो।
बिहीबार भएको फैसलाअनुसार उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । यौन दुर्व्यवहारर भएको होटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए। उनले चार हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ। जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो।
सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दैै आएका बेला राउटे समुदायका दुई युवती यौन दुर्व्यवहाररको सिकार भएका थिए । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति राउटे युवतीमाथि यौन हिंसा भएको थियो।
राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएपछि २०७८ जेठ २३ गते प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको थियो।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















