मुख्य समाचार

यौन हिंसामा बालिग २ वर्ष, नाबालिगलाई ३ वर्षसम्म उजुरीको हदम्याद बढाउने निर्णय

नवलपुर टुडे
२०७९ असार २४ | मध्यान्ह ०२:०३ बजे

काठमाडौ । बलात्कार तथा यौन हिंसाका घटनामा नाबालिगले ३ वर्षसम्म उजुरी गर्न सक्ने निर्णय भएको छ ।

प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन हिंसामा परेकाहरू मध्ये नाबालिग र अपाङ्गले ३ वर्ष र वयस्कले २ वर्षभित्र उजुरी गर्न सक्नेगरी हदम्याद बढाउने निर्णय गरेको छ । यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफलका क्रममा सो निर्णय भएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताएका छन् ।

बैठकमा सर्वसहमतिले सो निर्णय गरेको उनको भनाई छ । हाल बालिग तथा नाबालिग दुबैको हकमा एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्याद रहेको छ ।

कमेन्टहरु