मुख्य समाचार

भरतपुर अस्पतालको भर्‍याङमुनि बेवारिसे अवस्थामा शिशु फेला

नवलपुर टुडे
२०७९ असार २३ | मध्यान्ह ०४:०३ बजे

चितवन, असार २३ । चितवनको भरतपुर अस्पतालमा बेवारिसे अवस्थामा एक शिशु फेला परेको छ । अस्पतालको सि ब्लकको भर्‍याङमुनि अन्दाजी एक दुई दिनको बेवारिसे शिशु (छोरी) फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बिहीबार) दिउँसो साढे दुई बजेको समयमा उक्त शिशु फेला परेको हो । शिशुको अवस्था सामान्य रहेको र अस्पतालको एनआईसियुमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ ।

शिशुलाई कसले छोडेको भन्ने बारे खुल्न नसकेको थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु