अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन (तस्बिरहरु)

नवलपुर टुडे
२०७९ असार २१ | मध्यान्ह ०५:०३ बजे

काठमाडौँ, असार २१ । अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ ।
अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै उनलाई बर्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मङ्गलवार काठमाडौंमा प्रदर्शन गरेका हुन् । युवाहरुले पत्रपत्रिकामा आएको अर्थमन्त्रीको नकारात्मक चित्रसहित उनको राजीनामा माग गरिएका प्लेकार्ड र कार्टुनसँगै प्रदर्शन गरेका छन् ।
उनीहरूले ‘बजेट घोटाला छानबिन गर, अर्थमन्त्री राजीनामा दे, गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।



























