मुख्य समाचार

चट्याङ्ग लागेर गुल्मीमा एक बालकको मृत्यु

नवलपुर टुडे
२०७९ असार २१ | मध्यान्ह १२:०३ बजे

गुल्मी, असार २१ । गुल्मीको मदाने गाउँपालिका -१ दिगाउँमा चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । आज बिहान दिगाउँका गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

उनका अनुसार जिल्लाकै छत्रकोट गाउँपालिका-६ दौघामा पनि चट्याङ्ग लागेर स्थानीय टोप बहादुर लम्तरीको गोठको भैंसी मरेको छ ।

कमेन्टहरु