प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ घाइते

नवलपुर टुडे


बाजुरा । अछामको पञ्चदेवल विनायक-४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर पीडित पक्ष र प्रहरीबीच झडप भएको छ। छडपमा परी जिल्ला प्रहरी कार्यालयका १४ जना प्रहरी घाइते भएका छन्। विनोदको न्यायका लागि सदरमुकाम मङ्गलसेनमा सोमबार प्रर्दशन भएको हो।
प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुङ्गामुढा गर्दा १४ प्रहरी घाइते भएको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा घाइते भएका प्रहरीमध्ये ६ जनाको हात, खुट्टा, घुँडा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा प्रहरी धर्मबहादुर रोकाया, इन्द्रबहादुर थापा, बीजित चदारा, निर्मला ऐर, झलनाथ शर्मा र प्रेमबहादुर धामीको हात खुट्टा, टाउको र घुँडाको हड्डी भाँचिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ।
सोमबार सरकारी वकिल कार्यालयबाट जिल्ला अदालतमा फाइल पेस गर्न जाने बेला प्रर्दशनकारीले वकिल कार्यालय र जिल्ला अदालतमा ढुङ्गा प्रहार गर्दा स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी घाइते भएका हुन्।
सरकारी वकिल कार्यालय जिल्ला अदालतमा भएको ढुङ्गा प्रहार गर्ने प्रर्दनकारीलाई नियन्त्रणमा लिन प्रहरील २४ सेल अश्रुग्याससमेत प्रहार गरेको प्रहरी निरीक्षक विष्टले बताए।
गत वैशाख १७ गते बेपत्ता भएका विनोद २० गते मृत अवस्थामा भेटिएका थिए। शाहीको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने भन्दै आरोपित पञ्चदेवल नगरपालिकाकी प्रमुख अम्बिका चलाउने शनिबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। अहिले प्रमुख चलाउनेलगायतको बयानका क्रम जारी रहेको प्रहरीले जनाएको छ।
उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो। आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ। जिल्ला प्रहरीमा किटानी मुद्दा दायर भएका सात जनाको पनि खोजी कार्य जारी रहेको जिप्रकाका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।
गत जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित प्रमुख चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको बताइएको छ। रासस

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















