बालकले लगाउने कपडाको टाँक नै सुनको पाइएपछि…

नवलपुर टुडे
२०७९ असार २० | मध्यान्ह ०४:०३ बजे

काठमाडौं, असार २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् । सोमबार बिहान ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाई अवैध सुनसहित पक्राउ परेका हुन् ।
उनले बोकेको लगेज चेकजाँच गर्दा नाबालकले लगाउने सिङ्गल पिस पोसाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको हो । सुनको तौल करिब १२५ ग्राम रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । उनी भिजिट भिसामा दुबई गएका थिए । तर काम नपाएपछि उनी घर फर्किएका हुन् ।
नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोसाकहरू नेपालसम्म पुर्याइदिन अनुरोध गरेकाले ल्याएको उनले बताएका छन् ।























