मुख्य समाचार

गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता

नवलपुर टुडे
२०७९ असार २० | मध्यान्ह १२:०३ बजे

काठमाडौँ, असार २० । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पहिलो पटक गृहमन्त्री खाणसँग भेटघाट गरेका हुन् । गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । जवाफमा राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने बताएका थिए ।

भेटमा गृहमन्त्री खाँणले राजदुत श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

कमेन्टहरु