मुख्य समाचार

नवलपुरमा धानको विउ छोड्न जाँदै गरेका एक पुरुषलाई खोलाले बगायो

नवलपुर टुडे
२०७९ असार १६ | बिहान ०७:०३ बजे

नवलपुर, असार १६ । नवलपुरमा धानको विउ छोड्न खेतमा जाँदै गरेका एक पुरुषलाई खोलाले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाँउपालिका – २ का ६८ बर्षीय केसबहादुरलाई खोलाले बगाएको हो ।

बुुधबार दिउँसो खेतमा धानको विउ छोड्न जाने क्रममा उनलाई मध्यविन्दु – ९ को सिम्रनी खोलाले बगाएको थियो ।

उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु