झापामा १६० घर उच्च जोखिममा

नवलपुर टुडे


झापा, असार १४ । अविरल वर्षाले झापाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ ।
सोमबार रातिदेखि आएको वर्षाले कमल गाउँपालिका–५, ६ र ७ नम्बर वडामा रतुवाखोलाले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । त्यस्तै, कमल–६, खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान सुरु भएको छ ।
सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङका दुईवटा सुँगुर फार्म बगाएको छ । वडा नम्बर–६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँध समेत भत्काएको छ ।
यता, रतुवाखोलाले गौरादह नगरपालिका–५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् । गौरादह–६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् । गौरादह–६ कै दामुनाखोला सुकुमबासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् ।
वर्षाका कारण शिवसताक्षी नगरपालिका–४, सन्थाल बस्ती (सुकुमबासी बस्ती) मा कमल–बनियानीखोलाको पानी पसेको छ । खोला बस्तीमा पस्दा त्यहाँका ३० घर डुबानमा परेका छन् । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन माविमा राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । रासस

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















