पूर्वी नाकाबाट ४६ करोडको फलफूल आयात

नवलपुर टुडे


झापा, असार १४ । पूर्वी नाका काँकडभिट्टा हुँदै ४६ करोड रुपैयाँको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा ४५ करोड ९७ लाख २७ हजार रुपैयाँबराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो । आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरबापत मात्र १२ लाख रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए ।
उनका अनुसार २९ करोड ७३ लाख सात हजार रुपैयाँ मूल्यबराबरको चार हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ । यो नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र चार करोड ५१ लाख १० हजार रुपैयाँबराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ ।
त्यसैगरी, १२ लाख ८० हजारको ४६ मेट्रिक टन केरा, ७९ लाख ५१ हजारको नरिवल, ६७ लाख ७० हजारको जुनार, ४९ लाख ४९ हजारको आप, दुई करोड ९७ लाखको अनार, ७७ लाख ६१ हजारको अंगुर, एक करोड ७८ लाख ७८ हजारको सुन्तला, ३६ लाख ७३ हजारको नासपाति, पाँच लाख ९८ हजारको अम्बा र ९३ लाख ८४ हजार रुपैयाँबराबरको खर्बुजा आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । रासस

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















