कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

नवलपुर टुडे


कञ्चनपुर, १४ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए । ‘चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो,’ प्रहरी निरीक्षक मल्लले भने, ‘अहिले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ ।’
त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् ।
‘त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ,’ उनले भने, ‘घटनाबारे विस्तृतमा केहीबेरमा आउँछ ।’ रासस

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















