मुख्य समाचार

तनहुँमा खोलाले बगाएर १८ महिने बालिकाको मृत्यु

नवलपुर टुडे
२०७९ असार १३ | मध्यान्ह ०१:०३ बजे

तनहुँ, असार १३ । तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदी खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँचसय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घरबाट हराएपछि आफन्तजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा चुँदी खोलाले बगाएको अवस्थामा बालिका फेला परेकी थिइन् । बालिकालाई तत्कालै उपचारका लागि पुरनडिही अस्पताल पुर्याइएको थियो । रासस

कमेन्टहरु