नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

नवलपुर टुडे


काठमाडौं, असार १३ । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले दुइवटा निर्णय गरेका छन् ।
उनले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण सम्बन्धमा अध्ययन गर्ने निर्णय गरेका छन् । र यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भू सम्मको पदमार्गको निर्माणको काम अगाडि बढाउने निर्णय गरेका छन्।
यस्तै उनले कोभिड-१९ को महामारीबाट पर्यटन क्षेत्रमा परेको असरबारे विभिन्न अध्ययन प्रतिवेदन बनेको र त्यसलाई कार्ययोजनाको रूपमै अगाडि बढाउन समिति गठन गरेका छन् ।
कार्ययोजना बनाएर सात दिनभित्र पेस गर्ने भनिएको छ । यस समितिमा निजी क्षेत्रका विज्ञहरू पनि समावेश गरिएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















