नवलपरासीमा सशस्त्र प्रहरीद्वारा २ लाख बराबरकाे माेबाईलकाे टेम्पर ग्लास नियन्त्रणमा


नन्दु यादव
नवलपरासी, असार १२ । पश्चिम नवलपरासी सिमा क्षेत्रबाट अबैधरुपमा ल्याईरहेका सामानहरु सशस्त्र प्रहरी बल नवलपरासीले धमाधम नियन्त्रणमा लिन थालेकाे छ ।सशस्त्र प्रहरी बल नवलपरासीले निकै कडारुपमा निगरानी बढाएपछि नवलपरासीमा तस्करीमा कमि अाएकाे स्राेत बताएकाे छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर – २६ गण हेडक्वाटर नवलपरासी पश्चिमका गणपति सशस्त्र प्रहरी उपरीक्षक रुपनारायण क्षेत्रीले जिल्ला कमान्ड सम्हालेपछि जिल्लामा शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध, विपत व्यवस्थापन तथा अवैध मालसामान नियन्त्रण जस्ता विषयहरुलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्दै आउनु भएकाे छ । यसै गरि सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासी अन्तर्गत रहेकाे सशस्त्र प्रहरी बल नेपाल बिअाेपि हरपुरले पाल्हिनन्दन गाउँपालिका – २ मुडेरास्थित भारतबाट अबैध रुपमा भन्सार चोरी निकासी तथा पैठारी गरी ल्याउँदै गरेको अवस्थामा रु.२,०४,०००।- (दुई लाख चार हजार) बराबरको २४०० पिस मोवाईलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.हरपुरबाट सप्रनि हरेराम शर्मा दाहालको कमाण्डमा खटिएको मोवाईल गस्ति टोलीले बरामद गरेको छ ।
बरामद सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक राेशन घिमिरेले नवलपुर टुडेलाई जानकारी दिनुभयो।























