सिरहाको लहानमा गोली चल्यो, गोली लागेर एकजना घाइते

नवलपुर टुडे
२०७९ असार १२ | मध्यान्ह ०३:०३ बजे

सिरहा । सिरहाको लहानमा गोली चलेको छ । लहान – २२ मा पर्ने जटियाही टोलमा गोली चलेको हो । गोली लागेर एकजना घाइते भएको छ ।
प्रहरी श्रोतको अनुसार स्थानीय रवीन्द्र चौधरीको घरमा १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया गफगाफ गरिरहेको बेला ख्याल ठट्टा गर्दै सुशान्तले आफ्नै साथी माथि गोली चलाउदा गोली लागेर दिलिप मुखियाको पेटमा गोली लागेको हो ।
घटनामा संलग्न सुशान्त र सुरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते दिलिपको उपचार धरानमा भईरहेको छ । घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको ईप्रका लहानका डिएसपी कुमार मैनालीले जनाएको छ ।























