मुख्य समाचार

भारतमा बिक्री भएकी बालिकाको उद्धार गर्न टिकटकबाट सामाजिक अभियान्ता गिविना मगरको अपिल

नवलपुर टुडे
२०७९ असार १२ | मध्यान्ह १२:०३ बजे

बुटवल । चितवनमा एक नेपाली छोरी बिक्रि भएको खुलेको छ । चितवनको देवघाटमा बस्ने एक महिलाले आफ्नी सात बर्षकी छोरी पैसामा बिक्रि गरेको खुल्न आएको हो । उनले बिक्रि गरेकी छोरीलाई अहिले भारतको सीमा कटाएको पुष्टि भएको छ ।

पोखराकी सामाजिक अभियान्ता गिविना मगरले यो कुराको खुलासा टिकटकबाट गरिरहनुभएको छ । भारत लगेर बेच्ने महिला र आमाको भिडियो ठेगानासहित प्रहरीसँग साहारा माग्दा समेत प्रहरीले कुरा नसुनेको उहाँको गुनासो छ । उहाँले टिकटकमा लगातार लाईभमा यो कुराको खुलासा गरिरहनुभएको छ ।

तर, प्रहरीले अहिलेसम्म कुनै एक्शन लिएको छैन । गिविना मगर सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । उहाँले अधिकांशलाई साथ र सहयोग दिइरहनुभएको छ । उहाँले देवघाटमा मागेर बस्ने एक महिलाले आफ्नै छोरी बेचेको थाहा पाएपछि उहाँ देवघाटसम्म पुग्नुभएको थियो । उक्त महिलाको वास्तविक नाम नभएपनि काली आमा भनेर चिनिने उहाँले बताउनुभएको छ ।

यतिमात्र हैन, उक्त बालिकालाई मेरी छोरी हो, हामी भारत घुम्न गएको भन्दै अर्की एक महिला र अर्को व्यक्तिले नेपालसँगको भारतीय सीमा कटाएको खुल्न आएको छ । उहाँले छोरी बेच्ने आमा र साथ दिने अरु सहयोगीको समेत भिडियो सार्वजनिक गर्नुभएको छ । तर अहिलेपनि प्रहरी र प्रशासनले उक्त महिलाहरुलाई खोजी गरेको छैन । बालिका उद्धारका लागि गतिलो प्रयास भएको देखिदैन ।

गिविना मगरले बालिकालाई भारत कटाएको आज ६/७ दिन भएको उल्लेख गर्नुभएको छ । उहाँले बालिकालाई कसैले आफ्नो किड्नी (मिर्गौला) फेर्ने शिकार बनाउँन पो लगेको हो की, वा हर्मोन परिवर्तन गराउने सुई लगाएर वेश्याबृत्तिमा लगाउन लगेको पो हो की भनेर शंका व्यक्त गर्दै, बालिका उद्धारको लागि प्रशासनसँग आग्रह गर्नुभएको छ ।

कमेन्टहरु