भरतपुरमा आजदेखि भोलिसम्म दिनभर विद्युत् अवरुद्ध


चितवन । भरतपुर महानगरपालिका विभिन्न स्थानमा दुई दिन दिनभर विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जारी गरेको सूचनामा असार १० गते आज र ११ गते भोलि दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको छ ।
प्राधिकरणले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रसारण निर्देशनालयको पत्रअनुसार विभिन्न फिडरहरु जीर्ण अवस्थामा रहेकोले उक्त फिडरहरुको स्तरोन्नतिको लागि बसेनी स्थित १३२/ ११ केभी सबस्टेशनबाट वितरण हुने स्थानहरुमा विद्युत् अवरुद्ध हुनेछ ।
१. भरतपुर १ फिडर – स्थानहरु भरतपुर ७ र भरतपुर १०
२.भरतपुर २ फिडर – स्थानहरु भरतपुर १२, भरतपुर ९, भरतपुर ८ गौरीगञ्जसम्म
३. औद्योगिक १ फिडर -स्थानहरु भरतपुर ९, भरतपुर ८ र भरतपुर ५ मा रहेका उद्योगहरु























