कपिलवस्तुमा तस्करले लुकाई राखेको काठ प्रहरीद्वारा बरामद


धर्मेन्द्र कुमार कुर्मी
गेडुवजोत । कपिलबस्तु बिजायनगर सशस्त्र सीमा बल र नेपाल प्रहरी बन कर्मचारीद्वारा तस्करी गरि लुकाई राखेको काठ बरामद गरेको छ I मुनी बगैचामा लुकाइ छिपाइ राखेको ६ वटा सालको गोलिया सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिका – ७ दत्तापुरमा लुकाएर राखिएकाे ३० क्युफिट सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ।
बिहान साढे ११ बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले ५० हजार बराबरकाे काठ बरामद गरेकाे हो । नेपालको कपिलवस्तु -भारतको बलरामपुर सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउँपालिकाका वडा ५ ठाकुरापुर प्रहरीले जनाएको छ ।
भारतिय जंगल संग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइ गरेको छ । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर, परशरामपुरघाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छ |

























