मुख्य समाचार

सुर्खेतको विरेन्द्रनगरमा देखियो बर्डफ्लू

नवलपुर टुडे
२०७९ असार ९ | मध्यान्ह ०५:०३ बजे

सुर्खेत, असार ९ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालिएका टर्की कुखुरामा बर्डफ्लू देखिएको हो ।

बर्डफ्लू देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक बैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि आरआरटी (रिभ्यु रेस्क्यू टिम) पठाइसकिएको छ ।

साथै बर्डफ्लु पुष्टि भएको कुखुरा फर्म आसपासको क्षेत्र सेनिटाइज गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस क्षेत्रमा बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राति आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिएको पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले बताए ।

कमेन्टहरु