मुख्य समाचार

नेपाल प्रहरीका १७ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिश

नवलपुर टुडे
२०७९ असार ९ | बिहान ०७:०३ बजे

काठमाडौं, असार ९ । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिश गरिएको छ।

गृह मन्त्रालयको बढुवा सिफारिश समितिको बैठकले उनीहरूलाई डीआईजीमा बढुवाका लागि सिफारिश गरेको हो। बढुवा सिफारिशको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन्।

त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ र उमेशराज जोशीलाई डीआईजीमा बढुवाका लागि सिफारिश गरिएको छ।

यसैगरी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजीमा बढुवाका लागि सिफारिश भएका छन्।

photo 2022 06 23 07 21 38

photo 2022 06 23 07 21 40

कमेन्टहरु