सिरहाको लहान अस्पतालका कर्मचारीहरुले सेवाग्राहीसँग गरे अभद्र व्यवहार (भिडियोसहित)


धर्मेन्द्र कुमार कुर्मी
लहान, असार ८ । सिरहाको लहान अस्पतालका सरकारी कर्मचारीले अस्पतालमा आएका सेवाग्राहीसँग अभद्र व्यवहार गरिएको छ । विभिन्न उदेश्यले अस्पतालमा आएका सेवाग्राहीसँग अस्पतालका कर्मचारीले छाडा शब्द प्रयोग गरी अभद्र व्यवहार गरेको हो ।
जनताको कर पसिनाले तलव भत्ता खाइरहेका सरकारी कर्मचारीहरुले जनतालाई नै अभद्र व्यवहार गरेपछि स्थानीय र सेवाग्राहीहरु आक्रोसित बनेका थिए । आक्रोसित सेवाग्राही र कर्मचारी बीच भनाभन भएपछि त्यहाको माहोल अस्तव्यस्त भएको थियो । लहानको उक्त अस्पतालमा यो घटना कुनै नौलो घटना होइन ।
यसअघि पनि अस्पतालका विभिन्न कर्मचारीहरुद्वारा अस्पताल आएका सेवाग्राहीहरुसँग अभद्र व्यवहार भएको पाइएको छ । अस्पतालका केही कर्मचारीले सेवाग्राहीसँग यसरी आवेग र जोसमा आएर गरिएको हर्कत र व्यवहारका कारण अस्पतालको प्रशासन र व्यवस्थापनमाथि प्रश्न चिन्ह खडा भएको छ ।























