मुख्य समाचार

वायुसेवा सञ्चालक संघले भोलिदेखि सबै उडान बन्द गर्ने, सार्वजनिक गर्‍यो पाँच बुँदे मागपत्र

नवलपुर टुडे
२०७९ असार ७ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं, असार ७ । नेपाल वायुसेवा सञ्चालक संघले असार ८ गते (भोलि) देखि सबै उडान बन्द गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय गरेको र सो निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उद्धार र नियमित उडानहरू बन्द गर्ने निर्णय गरेका हुन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले ५ बुँदे माग पत्र सार्वजनिक गरेको छ । आफूहरुको उक्त माग यथाशीघ्र सम्बोधन नभए आगामी असार ८ गतेदेखि नै सम्पूर्ण हवाई सेवा बन्द गरी आन्तरिक उडान अवरुद्ध गर्ने चेतावनी दिएका छन् । सम्मेलनमा संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नागरिक उड्डयन प्राधिकरणबाट भएको (अपरेटिङ वेश) आधारको प्रावधानहरु हवाइ जहाज र हेलिकोप्टरमा खारेज गर्न माग गरे । उनले पूर्ववत अवस्थामा विना अवरोध सञ्चालन गर्न पाउनुपर्ने माग गरे ।

निजी क्षेत्रका विमान तथा हेलिकप्टरहरु बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने, दुई चालक राख्नुपर्ने लगायतका निर्णयहरु अव्यवहारिक भएकाले फिर्ता लिन माग गरिएको र मागको सुनुवाइ नभएपछि उडान नै रोकेर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष थापाले बताए ।

photo 2022 06 21 15 09 30

photo 2022 06 21 15 09 32

कमेन्टहरु