मुख्य समाचार

भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्वमन्त्री पाण्डेलाई विशेष अदालतबाट सफाइ

नवलपुर टुडे
२०७९ असार ५ | मध्यान्ह ०९:०३ बजे

काठमाडौं, असार ५ । भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष विक्रम पाण्डेलाई विशेष अदालतले सफाइ दिएको छ । न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई आइतबार सफाइ दिने फैसला गरेको हो ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार कम्पनी सञ्चालक पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते साढे आठ अर्ब बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

जसमा पाण्डेविरुद्ध दुई वर्ष कैदसहित २ अर्ब १३ करोडको बिगो दाबी गरिएको थियो । पाण्डे २०७५ माघमा चार करोड धरौटीमा रिहा भएका थिए । विशेष अदालतले आइतबार २१ जनालाई नै सफाइ दिएको हो ।

कमेन्टहरु