मुख्य समाचार

काँग्रेस-एमाले-एसको घोषणापत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्दै बालेन शाह

नवलपुर टुडे
२०७९ असार ५ | बिहान १०:०३ बजे

काठमाडौ, असार ५ । काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिकाका प्रवक्ता बसन्त आचार्य बताएका छन् ।

महानगरका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रममा काँग्रेस एमाले र एकीकृत समाजवादीका घोषणापत्रलाई पनि समेट्ने बताइएको छ । महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ र एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेको थियो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बस्ने तयारी छ । यसअघि नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो । महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने छ ।

कमेन्टहरु