मुख्य समाचार

धादिङमा २ ट्रक रासायनिक मल स्थानीयद्वारा लुटपाट

नवलपुर टुडे
२०७९ असार ४ | मध्यान्ह ०५:०३ बजे

धादिङ, असार ४ । धादिङमा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको २ ट्रक रासायनिक मल स्थानीय किसानले लुटपाट गरेका छन् ।

शनिवार रासायनिक मल बोकेर काठमाडौ आउँदै गरेको २ वठा ट्रकलाई धादिङको धार्के बजारमा नियन्त्रणमा लिई स्थानीयले लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ । सशस्त्र प्रहरीले मल लुटपाट रोक्ने प्रयास गरेपनि उनीहरुले रोक्न सकेनन् ।

भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको मललाई किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् । स्थानीयहरू आफैंले नै ट्रकमा चढेर बोकेर लगेका थिए । उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् ।

भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको जनाइएको छ ।

कमेन्टहरु