कैलालीको गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

नवलपुर टुडे
२०७९ असार ४ | मध्यान्ह १२:०३ बजे

कैलाली, असार ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशाकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवासले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानकारुपमा विकास गरेर छिट्टै सञ्चालनमा ल्याउन प्रतिबद्धता व्यक्त गरे। त्यसका लागि छिट्टै ऐन ल्याइने र त्यसको तयारीमा सरकार रहेको पनि उनले बताए।
प्रधानमन्त्री देउवाले डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा आएपछि गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ बताउँदै त्यो साकारात्मक भएको उल्लेख गरे।























