मुख्य समाचार

मानव बेचबिखन न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिस्प्ले बोर्ड

नवलपुर टुडे
२०७९ असार ३ | मध्यान्ह ०८:०३ बजे

काठमाडौं । मानव बेचबिखच न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको डिजिटल डिस्प्ले बोर्डको उद्घाटन गरिएको छ ।

बेचबिखनका अपराधको न्यूनीकरणको लागि शक्ति समूह, नेपाल नागरिक उड्डयन प्राधिकरण र मानव बेचबिखन अनुसन्धान ब्युरोको संयुक्त आयोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले बोर्डको उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीले गरे । शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले यस बोर्डले सबै वैदेशिक रोजगारीमा विदेश जाने नेपालीहरूलाई सहजता प्रदान गर्ने बताइन् । उक्त बोर्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान स्थलमा राखिएको छ । ओयूआरको आर्थिक सहयोगबाट कार्यक्रम गरिएको हो ।

कमेन्टहरु