मुख्य समाचार

मकवानपुरमा चट्याङ लागेर राउटर बिग्रिएपछि राष्ट्रिय परिचयपत्र बनाउने काम स्थगित

नवलपुर टुडे
२०७९ असार ३ | मध्यान्ह ०२:०३ बजे

मकवानपुर । चट्याङ परेर राउटर बिग्रिएपछि मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य बन्द भएको छ । असार १ गते राति वर्षासँगै परेको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको राउटरसमेतका मेसिनहरु बिग्रिन हो ।

प्रशासनले अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य हाललाई स्थगन भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सूचना जारी गर्दै हाललाई सेवा स्थगन भएको जानकारी गराएका हुन् ।

photo 2022 06 17 14 54 06

कमेन्टहरु