मुख्य समाचार

गुल्मीमा एक विद्यालयका ३५ जना विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या

नवलपुर टुडे
२०७९ असार ३ | बिहान ०९:०३ बजे

इन्द्रजित नेपाली
गुल्मी । गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । गुल्मीको मदाने गाउँपालिकामा रहेको अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या देखिएको हो ।

उक्त विद्यालयकाे कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत निद्यार्थीहरुमा स्वास्थ्यमा समस्या देखिएको वडाध्यक्ष सुशील चन्दले बताएको छ ।

बिरामी हुनेमा छात्र र छात्रा दुवै छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेलले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि शुक्रबार स्वास्थ्यकर्मीकाे टाेली पठाउने बताएका छन् । केही दिन सबै विद्यार्थीकाे प्रत्यक्ष सम्पर्कमा रहने गरेर उपचार गर्नकाे लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीकाे टाेली पठाउने प्रमुख जिल्ला अधिकारी पाैडेलले बताएका हुन् ।

कमेन्टहरु