मुख्य समाचार

ताप्लेजुङमा पहिरोले पुरिएर सासु–बुहारी बेपत्ता

नवलपुर टुडे
२०७९ असार ३ | बिहान ०७:०३ बजे

ताप्लेजुङ, असार ३ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गएराति वर्षासँगै खसेको पहिरोले पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् ।

राति करिब साढे ८ बजेतिर गएको पहिरोमा पुरिएर सासू तुलसा अधिकारी र बुहारी यशोदा अधिकारी बेपत्ता भएका हुन् । स्थानीयका अनुसार यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

पहिराले अधिकारीका दुईवटै घर बगाएको र नजिकै रहेका पशु चौपायासमेत पुरेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

कमेन्टहरु