गरुडामा मानव अधिकार समीक्षा गोष्ठी सम्पन्न

नवलपुर टुडे
२०७९ असार २ | मध्यान्ह ०८:०३ बजे

चन्दन कुमार
रौतहट, असार ०२ गते । रौतहट रौतहटको गरुडामा मानव अधिकार समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक नेपालको आयोजनामा रौतहटमा मानव अधिकारको अवस्था विषयमा समीक्षा गोष्ठी सम्पन्न भएको हो ।
गरुडा नगरपालिकाको सभाहलमा भएको गोष्ठीमा इन्सेकले मानव अधिकारको अवस्थाबारे अर्धवार्षिक समीक्षा गरेको हो । कार्यक्रममा मानव अधिकार सित सम्बन्धित विभिन्न पक्षका साथै नेपाल प्रहरी, संचारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपालिकाकी उपप्रमुख पुनम कुमारी चौधरीले मानव अधिकारको अवस्थालाई सुधार गर्न आफूहरु लागि पर्ने बताएकी छन् ।























