छपकैया हुदै ब्यापक तस्करी, द्वय प्रहरी मौन

नवलपुर टुडे


रंजित चौरसिया,पर्सा २ असार । बिरगंजको छपकैया नाका हुदै ब्यापक तस्करी बढेपनि द्वय प्रहरी निकाय मुखदर्शक बनेका छन । शान्ति सुरक्षाको साथ साथै सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले तस्करी धन्दा मौलाउदै गएपनि मुखदर्शक बन्न पुगेको हो ।
भारतको रक्सौलबाट मालसमान खरिद गरि नेपाल भित्रयाउन प्रहरीले नै सहयोग गर्ने गरेको कारण तस्कर समुह सजिलै आफ्नो सन्जाल फैलाउन सफल भएका छन । तस्कर समुहका मुख्य नाइकेको रूपमा चिनिने जितु, बभन, हरिन्द्र, पशुपति नामकहरूले प्रहरीकै सहयोगमा अबैध कारोबारलाइ तिब्रता दिएको बुझिन्छ । निस्पठ अन्ध्यारोमा तस्कर समुहको लस्करै लाग्ने गरेको गुनासो स्थानीयको रहेको छ । स्थानीयका अनुसार ति तस्कर समुह प्रहरीलाइ मासिक नजराना बुझाए पश्चात रातभरि आफ्नो तस्करी धन्दा सुचारू गर्ने गरेको बताए । राति ९ बजे पश्चात बिहानको ५ बजेसम्म तस्करीको लाइन चल्ने गरेको गुनासो स्थानीयले गरेका छन ।
शान्ति सुरक्षाको निम्ति खटिएका तथा निर्माण भएका सीमा प्रहरी चौकि छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक बिनोद काफ्ले र सीमा सुरक्षाको साथै चोरि तस्करी नियन्त्रण गर्नको निम्ति स्थापना भएको बोर्डर आउट पोस्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अगम राइले आफ्नो वर्दिको फाइदा उठाउदै नाकालाइ कमाइ खाने भाडोको रूपमा परिणत गरेको प्रहरी श्रोतले जनाएको छ । श्रोतका अनुसार दुबै प्रमुखले आफ्नो पावर माथिल्लो निकायसम्म रहेकै कारण आफुलाइ केहि हुन नसक्ने बताउदै नाकाबाट तस्करीको लाइन नै खोलिएको बताए ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले यस बारे आफुलाइ केहि जानकारी नभएको र भएको पाए प्रहरी चौकि प्रमुखलाइ कारवाहिको दायरामा ल्याउने बताउनु भयो । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले सादा पोशाकमा टोलि परिचालन गर्न नसकिने भएपनि गणबाट टोलि परिचालन गरि यस बिषयमा बुझने बताउनु भयो । उहाले तस्करी गराएको पाए आफ्नो माथिल्लो निकायलाइ खबर गरि कारवाहि गराउनबाट पछि नहटने बताउनु भयो ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















