मुख्य समाचार

त्रिपुरेश्वरको निर्माणाधीन भवनमा एक युवक मृत फेला

नवलपुर टुडे
२०७९ असार २ | मध्यान्ह १२:०३ बजे

काठमाडौं, असार २ । काठमाडौको त्रिपुरेश्वरमा एक युवक मृत फेला परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका-८ घर भई ललितपुरको सानेपा बस्ने २२ वर्षीय अभिशेष जैसवाल सोमबार बिहान मृत भेटिएको हो । उनी थापाथली इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढ्दै गरेका थिए ।

आइतबार रातिबाट हराएका अभिशेष सोमबार बिहान त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि निर्माणाधीन १० तले भवनको कम्पाउन्डमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

घरको छतबाट खसेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु