जबर्जस्तीकरणी हदम्याद हटाउन सरकार सकारात्मक छ : गृहमन्त्री खाण

नवलपुर टुडे
२०७९ असार २ | बिहान ०६:०३ बजे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जबर्जस्तीकरणी कसुरमा हदम्याद हटाउन सरकार सकारात्मक रहेको बताएका छन्।
संसदमा बजेटमाथिको छलफलमा सांसदहरुको प्रश्नको जवाफमा मन्त्री खाणले हदम्यादसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार रहेको बताएका हुन्।
खाणले नागरिकता विधेयक पास गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए। सबैजना अग्रसर भएर पास गर्न उनले आह्वान गरे।























