मुख्य समाचार

मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

नवलपुर टुडे
२०७९ असार १ | बिहान ११:०३ बजे

काठमाडौं, असार १ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरीजल घर भएका २६ वर्षीय सनम तामाङ रहेका छन् । मंगलबार दिउँसो आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । करेन्ट लागेर गम्भिर घाइते भएका सनमको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लैजाँदै गर्दा मृत्यु भएको थियो ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु