मुख्य समाचार

सातामा दुई दिन सार्वजनिक विदा आजदेखि खारेज

नवलपुर टुडे
२०७९ असार १ | बिहान ०६:०३ बजे

काठमाडौ । एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ ।

सरकारले सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो । साताको दुई दिन दिइएको विदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु