भ्रष्टाचार आरोपपत्र दर्ता मुद्दामा बिचाराधीन रहेको निर्वाचित जनप्रतिनिधि संवत: निलम्बन

नवलपुर टुडे


जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बन हुने व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायमा पत्र पठाएएको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार पठाइएको पत्रमा गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित ती पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनिएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष राम दुलार साह र वडा सदस्य उमेश रायलाई निलम्बन कार्यान्वयन गराउन आयोगले लेखी पठाएको छ । अघिल्लो पटक निर्वाचित भएका वडाध्यक्ष साह र वडा सदस्य रायमाथि घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ ।
दुवै जनालाई १ लाख ५० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सजायको माग दाबी गरी आयोगले गत पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको र सो मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ ।
मुद्दाको किनारा नभएसम्म वडाध्यक्ष पदमा निर्वाचित साह र वडा सदस्य राय स्वतः निलम्बन रहने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा लेखी पठाइएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















