मौसम खराबीका कारण भैरहवा पुगेको जजिराको जहाज काठमाडौ फर्कियो

नवलपुर टुडे
२०७९ जेष्ठ ३१ | बिहान ०७:०२ बजे

बुटवल, जेठ ३१ । मौसम खराबीका कारण जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
कुवेतबाट आएको जहाज आज बिहान काठमाडौंमा अवतरण गर्नुपर्नेमा मौसम खराब भएपछि भैरहवा पठाइएको थियो । भैरहवामा करिब एक घन्टा बिताएर जजिराको जजिराको जे नाइन ५४१ जहाज काठमाडौंस्थित विमानस्थलमा फर्किएको हो ।
आज बिहान करिब ६:५० मा उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।























