प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित, असार १ मा बजेट

नवलपुर टुडे


विराटनगर, जेठ २९ । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबलभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सांसदहरूले ती प्रस्ताव फिर्ता लिएनन् । तर ती प्रस्तावहरू बहुमतबाट अस्वीकृत भएकाे थियाे ।
यस्तै असार १ गते प्रदेशसभा बैठकमा बजेट पेस हुने भएकाे छ । उक्त बैठकका लागि सभामुखले सांसदहरूलाई २ बजे उपस्थित हुन अनुरोध गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए ।
छलफलमा उठेको प्रश्नकाे जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार-दृष्टिकोण फरक-फरक भए पनि प्रदेशको विकासमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रमअनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए ।
सरकारबाट भएका कमिकमजोरी औँल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनकाे भनाइ छ । ‘पदमा भएपछि एउटा भाषा र पदबाहिर भए अर्को भाषा किन बोल्छौं ?’, मुख्यमन्त्री राईले भने । बजेट, नीति तथा कार्यक्रम साझा विषय भएकोले यसलाई मिलेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले चुनावी सरकारले दीर्घकालीन महत्त्वका र पूरा हुन नसक्ने योजनाहरू ल्याएको भन्दै आलोचना गरेका थिए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















