भैरहवामा चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु


भैरहवा । भैरहवा मा चोरी गरि भाग्ने क्रममा होटेलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा
रुपन्देही कोटहीमाई ५ का २४ बर्षिय अमित यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
उनि होटल सि प्रिन्स बाहिर मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् । भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समुहमा युवाहरु बसेका थिए । समूहमा बसेका युवामध्ये एक जनाको मृत्यु भएको हो ।
होटल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरि भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्छ । सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन । २ जना राती नै भागेका हुन । चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईमा खसेको देखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।























