सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

नवलपुर टुडे
२०७९ जेष्ठ २७ | मध्यान्ह ०४:०२ बजे

सप्तरी । सप्तरीमा वर्षा संगै चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाईन नगरपालिका–३ मधुबन टोल बस्ने ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादव रहेका छन ।
सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको बिहिबार मृत्यु भएको प्रहरीले जनाएको छ । २०७९ साल सुरु भएयता चट्याङ लागेर देशभर २६ जनाको मृत्यु भइसकेको छ ।


















