मुख्य समाचार

कांग्रेस कार्यकर्ता अनिलको हत्यामा संलग्न रहेको आशंकामा तीन युवक पक्राउ

नवलपुर टुडे
२०७९ जेष्ठ २६ | मध्यान्ह ०७:०२ बजे

जगत ठाडा मगर
चितवन । चितवनमा कांग्रेस कार्यकर्ता अनिलको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पक्राउ पर्नेमा भरतपुर महनागरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय विश्व भन्ने हेमन्त बाँस्तोला, वडा नम्बर १२ बस्ने २३ वर्षीय राहुल पारियार र माडी नगरपालिका घर भई हाल भरतपुर–१५ मा डेरा गरी बस्ने २५ वर्षीय रोहित सिलवाल रहेका छन्।

उनिहरुलाई गत बैशाख २५ गते भरतपुरका अनिल परियारलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । स्थानीय निर्वाचनको केही दिनअघि नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका कान भनिने अनिल परियारको धारिलो हतियारले हानेर हत्या गरिएको थियो। घटनापछि चितवन कांग्रेसका कार्यकर्ताहरूले भरतपुरमा प्रदर्शनसमेत गरेका थिए।

अनिललाई भरतपुर–७ कृष्णपुरस्थित नगर प्लटिङको भित्री सडकमा मोटरसाइकलमा आएका व्यक्तिहरूले उनको हत्या गरेका थिए। चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले मृतकका आफन्तले दिएको किटानी जाहेरीको आधारमा तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको बताए।

कमेन्टहरु